साढे ६ करोड वर्षअघि डायनासोर लोप गराउने उल्कापिण्ड

तस्बिरः न्यूयोर्क टाइम्स

छ करोड ६० लाख वर्षअघि आकाशबाट एउटा विशाल उल्कापिण्ड पृथ्वीमा खसेको थियो।
बाह्र किलोमिटर लामो त्यो उल्कापिण्डले पृथ्वीको सतहमा आगोका लप्का उठे। वायुमण्डल धुवाँको मुस्लोले भरियो। पृथ्वीमा विनाशकारी भुइँचालो आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए।  यसले उल्कापिण्ड खसेको ठाउँभन्दा कोशौं टाढासम्म आफ्नो प्रभाव छाड्यो।

यही प्रभावले त्यतिबेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर लोप भए। अन्य स्तनधारी र घस्रने जीवजन्तुको पनि विनाश भयो। पानीको गहिराइमा बस्ने प्राणी मात्र मुश्किलले बाँचे।

पृथ्वीमा विनाशलीला मच्चाएको त्यो उल्कापिण्ड कहाँ खसेको थियो तपाईंहरूलाई थाहा छ?
त्यो ठाउँ मेक्सिकोको युकातान प्रायद्वीप हो। सन् २०१६ देखि उक्त उल्कापिण्डबारे अनुसन्धान गर्दै आएको वैज्ञानिक टोलीले नयाँ तथ्य सार्वजनिक गरेको छ। उनीहरूले मेक्सिकोभन्दा टाढा अमेरिकाको उत्तरी डकोटामा जीव तथा वनस्पतिका यस्ता अवशेष (फोसिल) फेला पारेका छन्, जुन उल्कापिण्ड खसेकै समयजति पुरानो छ। अर्थात्, ६ करोड ६० लाख वर्ष।

प्रकाशित मिति: : 2019-04-05 07:08:46

प्रतिकृया दिनुहोस्