लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरसँग सम्झौता नविकरण

तस्बिरः एजेन्सी

लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले क्लबसँगको सम्झौता नविकरण गरेका छन्।

३३ बर्षिय मिल्नरले लिभपुलसँग सन् २०२२ सम्म क्लबमै रहने गरी नयाँ सम्झौता गरेका छन्।

उनले गत सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए।

उनले सन् २००२ मा लिड्सबाट १६ बर्षको उमेरमा प्रिमियर लिगमा डेब्यु गरेका थिए।

उनले ईङ्ल्याण्डका लागि सन् २००९ सम्म ६१ क्याप खेलेका छन्। उनले सन् २०१६ मा राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका थिए।

उनले लिभरपुलबाट १ सय ९८ खेल खेल्दै २५ गोल गरेका छन्। उनले यस सिजन २१ खेल खेलेका छन्।

लिभपुलले प्रियिमर लिगमा ८ अंकको अग्रता लिएको छ भने च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

प्रकाशित मिति: : 2019-12-14 07:58:52

प्रतिकृया दिनुहोस्