'म यस्तो गीत गाउँछु २'को पहिलो गीत रिलिज

तस्बिर: बिएल

'म यस्तो गीत गाउँछु २' मा समाविष्ट पहिलो गीत रिलिज भएको छ।

'तिम्रो घरको वरीपरी' बोलको गीत रिलिज गरिएको हो।

सार्वजनिक गीतमा पल शाह र पूजा शर्मालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ।

अर्जुन पोखरेलको लेखन तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको युगल स्वर रहेको छ। फागुन २३ गते रिलिज हुने ‘म यस्तो गीत गाउँछु २’मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका अभिनय छ।

प्रकाशित मिति: : 2019-12-14 07:47:03

प्रतिकृया दिनुहोस्