हिउँले ढाकेको रारा (फोटोफिचर)

तस्बिर: बिएल

कर्णालीको रारा तालमा शुक्रबार हिउँ परेको छ। समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा यतिबेला हिउँ ढाकेसँगै सेताम्य देखिन्छ।

हिउँले राराको सौदर्यतामा थप चमक भरेको छ। तालको वरपर रूखहरू हिउँले कपासजस्तै सेताम्य छन्। ताल वरपर करिब डेढ फिटभन्दा बढी हिउँ जमेको छ। रुखहरु हिउँले निहुरिएका छन्।

बुधबारदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।

प्रकाशित मिति: : 2019-12-13 15:05:51

प्रतिकृया दिनुहोस्