काठमाडौंका प्रथम जननिर्वाचित मेयरको निधन

तस्बिर:एजेन्सी

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ।

बिगत १ बर्षदेखि कलेजो क्यान्सरको समस्या रहेको उनको आज बिहान ७ बजे ९३ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

२०१० साल भाद्र १० गते काठमाडौं महानगरको वडा २ बाट उम्मेद्वारी दिएका उनी करीव २५०० मत ल्याएर निर्वाचित भएका थिए।

सभापति श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मृत आत्माको चीर शान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2019-12-13 14:39:03

प्रतिकृया दिनुहोस्