पिकनिकको लागि घ्याम्पे डाडाँ गुडेको मदन भण्डारी कलेजको बस दुर्घटना, २३ जना घाइते

प्रतिकारत्मक तस्बिर

मदन भण्डारी मेमोरियल कलेजको बस दुर्घटना भएको छ।

शुक्रबार बिहान पिकनिकको लागि घ्याम्पे डाडाँमा गइरहेको बा ५ ख ४२८६ नम्बरको बस सूर्यविनायकमा दुर्घटना भएको हो।

सवार ४६ जना विद्यार्थीमध्ये २३ जना घाइते भएका भक्तपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा विद्यार्थी सामान्य घाइते मात्र भएको र उनीहरूको इवामोरा अस्पतालमा उपचार भइरहेको कलेजका प्रधानाध्यापक डम्बर हमालले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-13 13:30:46

प्रतिकृया दिनुहोस्