आजको मौसमः हावाहुरीसहित वर्षा र हिमपात

फाइल तस्बिर: बिएल

देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वि उच्च पहाडि सहित हिमाली भु–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले मौसम विद्ले जनाएको छ।

देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि संभाबना रहेको छ।

राती: देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

मंसीर २८ गते (शनिबार)

दिउँसो: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदलि र मध्य तथा पुर्वका पहाडि भु-भागमा आंसिक देखि सामान्य वदली रहि पश्चिमि थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वका पहाडि भु-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देशको पश्चिमि पहाडि आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी पहाडि भुभागमा आंसिक बदली रहनेछ। हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

प्रकाशित मिति: : 2019-12-13 07:52:30

प्रतिकृया दिनुहोस्