चितुवाको छाला र हड्‍डीसहित एकजना पक्राउ

तस्बिर: बिएल

जिल्ला प्रहरी कार्यालय दैलेखले दुर्लभ वन्यजन्तु चितुवाको छाला र हड्‍डीसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख पश्चिमको चामुण्डाविन्द्रासैनी नगरपालिका ४ स्थित तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेका छन्।

दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले शाहीलाई दुर्लभ वन्यजन्तु चितुवाको छाला र हड्डीसहित प्रहरीले पक्राउ गरेको हो।

शाहीको घरबाट भुँइतलामा लुकाइछिपाइ राखेको छाला र हड्डी फेला परेको डीएसपी ओलीले जानकारी दिए। प्रहरीले शाहीलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय दैलेखमा बुझाएको छ।

 

प्रकाशित मिति: : 2019-12-12 13:41:00

प्रतिकृया दिनुहोस्