आईसीसीको टी–२० वरियतामा नेपाल १२ औं स्थानमा

फाइल तस्बिर: बिएल

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–२० वरियतामा नेपाल यथावत रहेको छ।

आईसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १२ औं स्थानमा यथावत छ। एकदिवसीय वरियतामा पनि नेपाल यथावत रहदै १७ औं स्थानमा रहेको छ।

नयाँ वरियतामा नेपाललाई पछि पार्दै टेष्ट राष्ट्र जिम्बावे ११ औं स्थानमा आइपुगेको छ। त्यस्तै ११ औं स्थानमा रहेको स्कटल्याण्ड १३ औं स्थानमा झरेको छ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा इंग्ल्याण्ड रहेका छन्। दक्षिण अफ्रिका चौंथो र भारत पाँचौ स्थानमा रहदा न्युजिल्यान्ड छौठौं स्थानमा पुगेको छ।

प्रकाशित मिति: : 2019-12-12 12:58:17

प्रतिकृया दिनुहोस्