सिसैयाको नहरमा एक युवा मृत फेला

तस्बिर: बिएल

कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाको नहरमा एक जना युवा मृत फेला परेका छन्।

कृष्णपुर घर भई हाल पढाईको शिलशिलामा महेन्द्रनगर बस्दै आएको २१ वर्षीय सन्तोष पन्तको शव फेला परेको हो। नहरमा तैरिहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए।

मृतक पन्तको शव फेला परेको स्थान नजिकै मोटरसाइकल पनि फेला परेको एसपी आचार्यले जनाए।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-12 12:34:48

प्रतिकृया दिनुहोस्