संखुवासभामा वडा कार्यालय र स्काभेटरमा आगजनी

प्रतिकारत्मक तस्बिर

जिल्लाको मादी नगरपालिका–५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।

अज्ञात समूहले बुधबार राति १२ः०० बजेतिर आगजनी गरेको हो। आगजनीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान नष्ट भएको नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए। आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए। आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो।

प्रकाशित मिति: : 2019-12-12 11:40:29

प्रतिकृया दिनुहोस्