फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने प्रधानमन्त्रीको घोषणा

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही पाँच लाख दिने घोषणा गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ रकमको घोषणा गर्दै फुटबल खेलाडीलाई उक्त रकम दिने घोषणा गरेका हुन्।

अरु विधामा प्रधानमन्त्री ओलीले एउटा मात्र स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा गरेपनि फुटबलतर्फका १९ जनालाई भने जनही पाँच लाखको दरले रकम दिने घोषणा गरेका हुन्।

नेपाली टिम

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ,अभिषेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ,छिरिङ गुरुङ, राजिव लोप्चान,हेमन्त थापामगर,राजेश परियार,शेशेहाङ आङदेम्बे,प्रजेन तामाङ,अपर्ण कार्की र दिप कार्की।

मुख्य प्रशिक्षक

बाल गोपाल महर्जन

प्रकाशित मिति: : 2019-12-11 16:45:58

प्रतिकृया दिनुहोस्