२० लाख घुससहित काठमाडौंबाट २ जना इन्जिनियर पक्राउ

फाइल तस्बिर: बिएल

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुससहित पक्राउ परेका छन्।

बिल भुक्तानीका लागि डिभिजन सडक प्रमुखले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको प्रधान कार्यालय काठमाडौंबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।

सिनियर डिभिजनल इन्जियिर श्रेष्ठ र इन्जिनियर महर्जनलाई २० लाख घुस रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१० स्थित रोयल अलिना बेकरी क्याफेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-11 13:42:58

प्रतिकृया दिनुहोस्