८० को दशककी सबैभन्दा सफल गायिका मेरी फ्रेडरिक्सनको निधन

तस्बिर:एजेन्सी

८० र ९० को दशककी हलिउडकी चर्चित गायिका मेरी फ्रेडरिक्सनको ६१ वर्षको उमेरमा निधन भएको छ। उनले आफ्नो ब्रेन ट्युमरको उपचारका लागि रेडिएशन उपचार गराइरहेकी थिइन्।

उनी पछिल्लो १७ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन्। सन् २००२ मा मेरी बाथरुममा लडेपछि घाइते भएपछि टाउकोमा चोट लागेको र स्वास्थ्योपचारपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको रिपोर्टमा बताइएको थियो।

रिपोर्टका अनुसार मेरीलाई बचाउनका लागि २५ प्रतिशत सम्भावना मात्र बाँकी थियो। मेरीले त्यसपछि रेडिएशन ट्रिटमेन्टको सहारा लिएकी थिइन्।

सन् २०१६ सम्म उनले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् तर त्यसपछि उनले रोगका कारण आइन्दा प्रस्तुती दिन नसक्ने घोषणा गरिन्। मेरीको मृत्युपछि संसारभरीका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन्।

उनले ‘फेडिङ लाइक अ फ्लावर, लिसन टु योर हार्ट, स्लिपिङ इन माइ कार’ जस्ता लोकप्रिय गीतमा आफ्नो आवाज दिएकी छिन्।

प्रकाशित मिति: : 2019-12-11 10:38:39

प्रतिकृया दिनुहोस्