अनलाइन ठगीबाट संकलन गरेको १७ करोड रुपैयाँ फेला, घटना विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी

तस्बिर:एजेन्सी

प्रहरीले अनलाइन ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ फेला परेको छ । सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको हो।

'केही शंकास्पद व्यक्तिका नाममा १७ करोडभन्दा बढी रकम भेटिएको छ। पत्रचार गरेर यसको आवश्यक अनुसन्धान अगाडि बढाएका छौं',एसएसपी थापाले भने।

यस सम्बन्धी आजै पत्रकार सम्मेलनमार्फत घटना विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

प्रकाशित मिति: : 2019-12-11 10:07:10

प्रतिकृया दिनुहोस्