आजदेखि किम्फ : २९ देशका ६६ चलचित्र

तस्बिर: बिएल

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को पन्ध्रौं संस्करण बुधबारदेखि सुरु हुन लागेको छ। काठमाडौँको कुमारी हलमा किम्फ सुरु हुन लागेको हो।

महोत्सव राष्ट्रिय सभागृहमा दिउँसो १२ बजे उद्घाटन हुने कार्यक्रम छ। किम्फले यस पटकको महोत्सवमा सीमान्त आवाजलाई केन्द्रीय विषय बनाएको छ ।

यसपटक किम्फद्वारा ‘परिवर्तित नेपाल’ शीर्षकमा तीन मिनेटको ‘सर्ट फिल्म प्रतियोगिता’ आयोजना गरेकोमा त्यसबाट छानिएका १० उत्कृष्ट चलचित्रहरु पनि प्रदर्शन गरिनेछन्।

महोत्सवमा तीनवटा स्वीस फिल्महरूको विशेष प्रदर्शन गरिनेछ। स्वीस कथानक चलचित्र ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। यस्तै फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन पनि गरिने आयोजक हिमाल एसोसियशनले जनाएको छ ।

यो पटकको किम्फमा नेपालसहित १७औँ संस्करणका लागि ६९ देशका ४२७ वटा फिल्मले आवेदन दिएका थिए। तीमध्ये २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन्।

प्रदर्शन गरिने चलचित्रहरुमा १७ वटा चलचित्र प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ चलचित्र गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएका छन् ।

नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरू प्रदर्शन गरिने छन्। यसपालि नेपाली पानारोमा विधामा डोन्डुप छिरिङको 'आमा खान्डो', गणेश पाण्डेयको 'हसबेन्ड', निपिल शर्माको 'अतिसर्ग' केदार श्रेष्ठको 'जुनुको जुत्ता' लगायतका चलचित्र रहेका छन् ।

यस पटक किम्फद्वारा 'परिवर्तित नेपाल' शीर्षकमा तीन मिनेटको 'सर्ट फिल्म प्रतियोगिता' आयोजना गरेकोमा त्यसबाट छानिएका १० उत्कृष्ट चलचित्रहरु पनि प्रदर्शन गरिनेछन् ।

यस पटक निर्णायक मण्डल (ज्यूरी) मा फिल कोट्स (बेलायत), जे। क्यूली (कोरिया), ग्याब्रियला कुह्न (पोल्याण्ड) रहेका छन् । किम्फ २०१९ मा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन पनि गरिनेछ।

प्रकाशित मिति: : 2019-12-11 08:12:33

प्रतिकृया दिनुहोस्