घुससहित सई र प्रहरी जवान पक्राउ

प्रतिकारत्मक तस्बिर

सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकमसहित पक्राउ परेका छन्।

भारतीय सीमाबाट नेपालतर्फ घरायसी सामान भित्राउन सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजारसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई कार्यालयबाटै र प्रहरी जवान मनोजकुमार यादवलाई सर्लाहीको ब्रहृमपुरी गाउँपालिका वडा नं.४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्रांगणबाट रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-11 07:57:29

प्रतिकृया दिनुहोस्