पटाका पड्किएर घाइते भएका बालकको मृत्यु

तस्बिर: बिएल

जनकपुरमा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको कुस्ती खेलको उद्घाटनका क्रममा गरिएको आतिसवाजीका कारण एक जना बालकको ज्यान गएको छ।

गत मंसीर २० गते कुस्ती खेल उद्घाटन भएको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित कभर्ड हल नजिकै पटाका पड्काएर आतिसवाजी गरिएको थियो।

भोलिपल्ट शनिबार नपड्केको पटाका आफ्नो घरमा लगेर पड्काउँदा स्थानीय ११ वर्षीय आलोक राउत गम्भीर घाइते भएका थिए।

बालकको उपचारकै क्रममा धरानमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। उनको मंगलबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको खबर प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-10 18:18:09

प्रतिकृया दिनुहोस्