यातायात कार्यालयमा कम कर्मचारी

फाइल तस्बिर: बिएल

काठमाडौं उपत्यकामा रहेका चार वटा यातायात कार्यालयमध्ये सेवाग्राहीको सबैभन्दा बढी चाप रहेको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयमा आवश्यकतानुसार कर्मचारी छैनन्। कार्यालयमा कामको चापअनुसार कर्मचारीको संख्या कमी देखिएको हो।

थोरै कर्मचारीबाटै काम गराउनुपर्ने हुँदा सेवाग्राहीको सधैँ भीड हुने कार्यालयका प्रमुख डम्बरबहादूर चन्दले बताए। कार्यालयमा जम्मा दरबन्दी ३८ जनाको भएकामा सोभन्दा कम कार्यरत रहेको हो।

संविधानुसार यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले गत वर्ष नै यातायात कार्यालयहरु प्रदेशमा गएका थिए। प्रदेश सरकारलाई आफूले कर्मचारीको अभावका बारेमा जानकारी गराएको उनले बताए। प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रालयले कर्मचारी नै कम भएकाले भएका कर्मचारीबाट काम चलाउन भनिरहेको उनले बताए। उनले भने, “प्रदेशले कर्मचारीको पुनःसंरचना गर्न बाँकी भएकाले हामीले गाह्रोसँग काम गरिरहेका छौँ।”

कार्यालयले सवारीचालक अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने, वितरण गर्ने, नवीकरण गर्नेसँगै ट्राफिक प्रहरीबाट आएका अघिल्ला आर्थिक वर्षका चालक अनुमतिपत्र राख्ने र सेवाग्राही आउँदा वितरण गरिरहेको छ। कार्यालयमा तीन वटा भवनमा विभिन्न शाखामा र चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाका लागि गरी धेरै कर्मचारी आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-12-10 17:59:11

प्रतिकृया दिनुहोस्