पर्सामा पाँचवटा घरेलु भट्टी नष्ट

तस्बिर: बिएल

पर्सामा अवैध रुपमा सञ्चालित पाँच वटा मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ। मंगलबार सखुवा प्रसौनी गाउँपालिकामा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टी नष्ट गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वासुगौलीबाट संयुक्त टोली मदिरा भट्टी नष्ट गरेको। प्रहरी टोलीले पर्सा सखुवाप्रसौनी–२ महुवन बस्ने वीरेन्द्र चमार, ओम कलवार, जटा शंकर कलवार, मगर माझी र सुगेन्दर माझीले सञ्चालन गरेको मदिरा भट्टी नष्ट गरिएको जनाएको छ ।

त्यसक्रममा तयारी घरेलु मदिरा ५० लिटर र एक हजार पाँच सय लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थसमेत नष्ट गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-10 17:32:02

प्रतिकृया दिनुहोस्