रामप्रसाद राई स्मृति प्रतिष्ठानले मनायो ६९औं मुक्ति दिवस

फाइल तस्बिर: बिएल

रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार ६९औं मुक्ति दिवस मनाइएको छ।

प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसिर २४ बिनारक्तपात भोजपुर कब्जा गरेर राणा शासकलाई धक्का दिएको स्मरणमा प्रतिष्ठानले हरेक मुक्ति दिवस मनाउँदै आएको हो।

प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा नेता एवं साहित्यकार प्रदीप नेपालले सात सालको क्रान्तिमा रामप्रसादले पुर्याएको योगदान उजागर गर्न जरुरी रहेको बताए।

त्यस्तै कार्यक्रमका सहभागीहरुले मुक्ति दिवसबारे धेरैलाई जानकारी नभएको उल्लेख गर्दै यो दिन राष्ट्रिय महत्वको रहेको सुनाए।

प्रकाशित मिति: : 2019-12-10 17:26:39

प्रतिकृया दिनुहोस्