नेपाल विश्व मानव विकास सुचंकाकको १४७ औ स्थानमा

फाइल तस्बिर: बिएल

नेपाल विश्व मानव विकास सुचंकाकको मध्यम श्रेणीमा परेको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा नेपाल विश्व मानव विकास सुचकांकको मध्यम श्रेणीमा परेको हो।

मानव विकासको सुचंकाकमा १ सय ८९ मुलुक मध्ये नेपाल १४७ औ स्थानमा रहेको छ । दक्षिण एशियाली मुलुकमध्ये भारत १२९औँ स्थानमा छ। भूटान १३४ स्थानमा रहँदा बङ्गलादेश १३५, पाकिस्तान १५२औँ स्थानमा रहेको छ। सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचकांकमा ०.५२६ ले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

यस अवघिमा शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ।

यूएनडिपीले अति उच्च मानव विकास सूचकाङ्क, उच्च मानव विकास सूचकाङ्क, मध्यम मानव विकास सूचकाङ्क र न्यून मानव विकास सूचकाङ्कमा विभाजन गरेको छ। नेपालमा ३४ प्रतिशत जनसङ्ख्या बहुआयामिक गरिब छन् भने २२.३ प्रतिशत जनता बहुआयामिक गरिबीप्रति संवेदनशील भनेर वर्गीकरण गरिएको छ। नेपालमा अभावको आयातन ४३.६ प्रतिशत छ जुन बहुआयामिक गरिबीमा रहेका व्यक्तिले अनुभूत गरेको औसत अभाव अङ्क रहेको यूएनडिपीको प्रतिवेदनमा समावेश छ।

प्रतिदिन १.९० अमेरिकी डलर क्रय शक्ति अनुपातभन्दा न्यून अवस्थामा जीवनयापन गरिरहेका जनसङ्ख्यालाई बहुआयामिक गरिबीका रुपमा लिइन्छ।

प्रकाशित मिति: : 2019-12-10 16:42:12

प्रतिकृया दिनुहोस्