महिलामाथि हुने हिंसा रोक्न रिकभरिङ नेपाल वुमेनको १६ दिने अभियान

प्रतिकारत्मक तस्बिर

महिलामाथि हुने हिंसा रोकथामको लागि रिकभरिङ नेपाल वुमेनले १६ दिने अभियान आयोजना गरेको छ।

उक्त अभियानको मंगलबार अन्तिम दिनमा आयोजक संस्था आर.एन. वुमेनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उक्त १६ दिने अभियानबारे जानकारी गराएको हो।

‘लागु औषध विरुद्धको लडाईले हिंसालाई सक्षम बनाउँछु, लागु पदार्थको प्रयोग हिंसा र दुरुपयोगको लागि बहाना होईन’ भन्ने मूल नाराका साथ उक्त अभियान चलाईएको रिकभरिङ नेपाल वुमेनकी टिम लिडर सोनाम शेर्पाले जानकारी दिए। उनका अनुसार गत नोभम्बर २५ मा काठमाडौंदेखि सुरु गरिएको उक्त अभियान नोभेम्बर २६ देखि काठमाडौं उपत्यकाबाहिर एकैसाथ ७ वटा प्रदेशमा डिसेम्बर ९ सम्म अभियान चलाईएको थियो।

प्रत्येक वर्ष डिसेम्बर १० मा महिला हिंसाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तरर्राष्ट्रिय अभियान मनाईदै आईएको छ। यसै सम्बन्धमा आर.एन. महिला र हानी न्यूनीकरण अन्तरर्राट्रिय नेटवर्कले लागुऔषध प्रयोग गर्ने महिलाविरुद्ध हुने हिंसालाई सबै प्रकारले अन्त्य गर्न आह्वान पनि गरेका छन्। हिंसाविरुद्धको अन्तरक्रियामा लागुऔषधमा फसेका महिलाहरुलाई समाजमा अन्य नागरिकजस्तै सम्मान पाउनुपर्नेमा जोड दिइएको छ। शेर्पालेमहिलाहरु हिंसाको शिकार भएकोले उनीहरुलाई यसबाट मुक्त गराउन जरुरी रहेकोमा जोड दिए।

कार्यक्रममा रिकभर नेपाल वुमेनकी अध्यक्ष सर्मिला बैद्यले हिंसा वा लागुऔषधमा परेका महिलाहरुको हकअधिकारको लागि आवाज उठाउन जरुरी रहेको बताए। आर.एन. वुमेनले जारी गरेको विज्ञप्तीअनुसार नेपालमा वि.सं. २०६३ मा गरिएको सर्वेक्षणमा कडा खाले लागु औषध प्रयोगकर्ताहरुको संख्या ४६ हजार तीन सय ९ रहेको छ भने २०६९ को सर्वेक्षणमा यो संख्या ९१ हजार ५ सय ३४ रहेको छ। उक्त तथ्यांकले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागु औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको पनि देखिएको आर.एन. वुमेनले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-10 16:35:29

प्रतिकृया दिनुहोस्