नेपाली भूमि अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि धर्ना

तस्बिर: बिएल

भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि मंगलबार धर्ना दिएको छ ।

भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल-भारत मैत्री अमर रहोस् लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो।

धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार डा। गंगाधर अधिकारी, उपसभापति रेनुका पौडेल, सचिव बलबहादुर गाहा मगर, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल पौडेल, श्यामप्रसाद लामिछाने लगायत अधिकारकर्मीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2019-12-10 15:12:37

प्रतिकृया दिनुहोस्