कोहलपुर क्षेत्रमा लगाइएको कर्फ्यू हट्याे

फाइल तस्बिर: बिएल

बाँकेको कोहलपुर क्षेत्रमा लगाइएको कर्फ्यू हटेको छ। विद्यार्थीको प्रदर्शनका कारण आइतबार कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह तीन बजेबाट बजार क्षेत्रका केही स्थानमा निषेधाज्ञा जारी गरेको थियो।

आइतबार बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा प्रगति चन्द गम्भीर घाइते भएपछि कोहलपुर तनावग्रस्त बनेको थियो । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रगतिको दुवै खुट्टा काटिएको छ। उनलाई थप उपचार लागि हिजै काठमाडौं ल्याइएको छ।

प्रगतिलाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ट्रकमा आगो लगाउनुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका थिए। उनलाई पनि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

अहिले कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: : 2019-12-10 11:33:26

प्रतिकृया दिनुहोस्