हिन्दू धर्मावालम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर परिशरमा अब स्मार्ट फोन लैजान नपाइने ब्यवस्था गर्न लागिएको छ ।
गत साता पशुपतिनाथ मन्दिरभित्रको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस्तो नियम लागु गर्न लागिएको हो ।
गत साता पशुपतिनाथ मन्दिरभित्रको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर सामाजिक सञ्जाल सार्वजनिक भएपछि यस्तो नियम लागु गर्न लागिएको हो ।
पशुपतिनाथको मन्दिर परिशरमा अब स्मार्ट फोन लैजान नपाइने प्रस्तावित नियमलाई लिएर सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन्। धेरैले यसलाई सही भने पनि केहीले भने यो समयसापेक्ष नभएको भन्दै आलोचना गरेका छन्।
तस्बिर शुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य अर्जुनप्रसाद बास्तोला एडमिन रहेको एक ह्वाट्सप समूहबाट सार्वजनिक भएको थियो ।
यो घटनासँगै बास्तोला पनि विवादमा तानिएका छन् ।
पशुपतिनाथ मन्दिरभित्र फोटो खिच्न निषेध भए पनि स्मार्ट फोन लैजान भने प्रतिवन्ध थिएन । त्यही सुविधाको लाइदा लिएर कतिपयले लुकेर तस्बिर खिच्ने गरेको गुनासो पनि बेलाबेलामा सुन्नमा आउँथ्यो ।
तर, यसपटक मुख्य शिवलिङ्गको तस्बिर नै सार्वजनिक भएपछि नयाँ परिस्थिति सिर्जना भएको छ ।
यस विषयलाई लिएर सर्वसाधारणले भने मिश्रित प्रतिक्रिया दिएका छन्। धेरैले स्मार्ट फोन लैजान नदिने निर्णय सही हुने बताए पनि केहीले भने यो समयसापेक्ष नभएको भनेर आलोचना गरेका छन् ।