मेसीले इन्टर मिलानविरुद्धको खेल गुमाउने

तस्बिर:एजेन्सी

च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले प्रमुख खेलाडीलाई आराम दिएको छ ।

मंगलबार राति हुने इन्टर मिलानविरुद्ध खेल्ने टिममा बार्सिलोनाले लियोनेल मेसीसहित जेरार्ड पिके, सेर्गी रोबेर्टोलाई आराम दिउको हो।

त्यस्तै इन्जुरिका काराण ओसुमान डेम्बेले, अर्थर, जोर्डी अल्बा र सेमेड़ो पनि आराम दिइएको छ।

इन्टरविरुद्ध खेल्ने २० सदस्यीय टिममा टेर स्टेगेन, राकिटिक, सर्जियो, टोबीडो, लुइस स्वरेज, नेटो, लेंगलेट, वाग, एन्टोनी ग्रीजम्यान, एलेना, डि जंग, साम्युअल उम्टीटी, इनाकी पेना, अन्सु फाती, रिक्वी पुइग, अराउजो, भिडाल, जुनियर, मोरेर र पेरेज रहेका छन् ।

बार्सिलोना समुह एफबाट अन्तिम १६ मा छनोट भइसकेको छ। बार्सिलोनाको ५ खेलमा ११ अंक छ। यस समुहबाट इन्टरमिलान र डोर्टमण्डको ७–७ अंक छ भने अन्तिम खेलबाट नै दुई मध्ये एक अन्तिम १६ मा प्रवेश गर्ने छन्।

प्रकाशित मिति: : 2019-12-10 07:27:22

प्रतिकृया दिनुहोस्