भारतसँग फाइनलमा तेस्रो पटक हारेसँगै कप्तान निरु थापाले लिइन् सन्यास

तस्बिर: बिएल

नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले सन्यास घोषणा गरेकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा भारतसँग सोमबार भएसँगै उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेकी हुन्।

यस्तै मनमाया लिम्बुले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी छिन् ।

साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो।

पराजित भएसँगै टिमका मुख्य प्रशिक्षक हरि खड्काले पनि राजीनामा दिएका छन्।

प्रकाशित मिति: : 2019-12-09 15:53:28

प्रतिकृया दिनुहोस्