चलचित्र ‘ब्रम्हास्त्र’को प्रदर्शन मिति फेरि सर्‍यो

तस्बिर:एजेन्सी

चलचित्र ‘ब्रम्हास्त्र’को प्रदर्शन मिति फेरि सरेको छ। नायक रणवीर कपुर र नायिका आलिया भट्टको साथमा नायक अमिताभ बच्चनको मुख्य भूमिका रहेको यो चलचित्रको रिलिज यही बर्षको क्रिसमसमा गर्ने तयारी गरिएको थियो। तर, काम नसकिएको भन्दै अर्को बर्षको समरसम्म प्रदर्शन मिति धकेलिएको थियो।

तर, अब यो चलचित्रलाई आउँदो बर्षको अन्तिममा प्रदर्शन गर्ने तयारी गरिएको छ। यसको मुख्यकारण, भीएफएक्सलाई नै मानिएको छ। साहरुख खानको समेत केमियो रहेको चलचित्रलाई समरमा तयार गर्न नसकिने जानकारी भीएफएक्स कम्पनीले दिएको छ ।

चलचित्रको एक गीतको छायांकन गर्न बाँकी नै रहेको निर्माणपक्षले भारतीय मिडियालाई बताएको छ। चलचित्रको छायांकन मनालीमा भैरहेको छ।

चलचित्रको छायांकन सकिएपछि भीएफएक्सको काम बल्ल सकिनेछ।

चलचित्रका निर्देशक आयन मुखर्जी यसलाई बलिउडकै सबैभन्दा ठूलो चलचित्र बनाउन चाहन्छन्। यसैले, यसको निर्माणटिमले कुनै पनि संझौता नगर्ने बताएको छ। यहीकारणले गर्दा चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको हो।

प्रकाशित मिति: : 2019-12-09 13:56:52

प्रतिकृया दिनुहोस्