सलमानको ‘दबंग–३’ ले कमायो रिलिज अघि नै १ सय ५५ करोड भारु

तस्बिर:एजेन्सी

दबंग सिरिजको तेस्रो फिल्मले रिलिज अघि नै १ सय ५५ करोड कमाई सकेको छ।

प्रभुदेवाद्वारा निर्देशित ‘दबंग थ्री’ फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ।

फिल्मले आफ्नो डिजिटल राइट्स अमेजन प्राइम भिडियोलाई ६० करोड भारुमा बेचेको छ। यस्तै ८० करोड भारुमा सेटलाइट राइट्सको खरिदकर्ता जी नेटवर्क बन्यो। यसबाहेक टी सिरिजले १५ करोड भारुमा फिल्मको म्युजिक राइट्स खरिद गरेको छ।

फिल्ममा सलमान खानबाहेक साइ मान्जरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन्।

फिल्मको प्रोडक्सन सलमान खान, अरबाज खान र निखिल द्विवेदीको हो। संङ्गीत साजिद वाजिदले तयार गरेका छन् भने कहानी सलमान आफैंले लेखेका छौं। फिल्म डिसेम्बर २० मा रिलिज हुँदै छ।

 

प्रकाशित मिति: : 2019-12-09 09:54:51

प्रतिकृया दिनुहोस्