सरकारले समाजमा रहेका सबै खालका विभेद हटाउँछ: रक्षामन्त्री पोखरेल

फाइल तस्बिर: बिएल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले महिला हिंसा अन्त्यका लागि नीति र कार्यक्रम निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको वर्ष २०७६÷७७ को अभियानअन्तर्गत आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले बनाएका कार्यक्रम स्थानीयस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए।

लैङ्गिकताका आधारमा भइरहेका विभेद हटाएर सम्मानपूर्ण रुपले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील भएको उनको भनाइ थियो। लैङ्किक हिंसा पूर्ण रुपले हटाउन ऐन, नियमावली र कार्यविधि बनाएर अघिपर्ने भन्दै उनले सरकार समाजमा रहेका सबै खालका विभेद हटाएर सबै वर्ग, जाति र क्षेत्रलाई सम्मानपूर्ण रुपले बाँच्न पाउने वातावरण बनाउन लागिपरेको धारणा राखे।

लैङ्गिक हिंसा जोकसैले गरे पनि त्यसको भत्र्सना गर्नुपर्ने मन्त्री पोखरेलले बताए। पीडितलाई संरक्षण र उद्धारका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले औपचारिक र प्रायोजित कार्यक्रमले मात्रै हिंसा न्यूनीकरण नहुने स्पष्ट पारे ।

कार्यक्रममा महिलामन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसाविरुद्धको वर्ष कार्यान्वयन गर्न सरकारले कार्ययोजना बनाएको बताए।

मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले हिंसा न्यूनीकरणका लागि घरघरबाट र समुदायस्तरबाटै अभियान शुरु गर्न आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2019-12-08 18:49:48

प्रतिकृया दिनुहोस्