गौरिका ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जित्न चुकिन्

फाइल तस्बिर: बिएल

गौरिका सिंह ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जित्न चुकेकी छन्। उनले रजत जितेकी हुन्।

यद्यपि उनले सागको एकै संस्करणमा तीन स्वर्ण जितेर इतिहास रचिसकेकी छन्।

गौरिकाले १२ औं सागमा दुईवटा स्वर्ण जित्न सफल श्रीलंकाकी किमिको रहिमलाई उछिनेकी छिन्। गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेपछि रहिमलाई उछिनेकी हुन्।

रहिमले सन् २०१६ मा एक सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन। गौरिकाले हालसम्म सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेकी छिन्। शनिबार उनले सय मिटर ब्याकस्ट्रोकमा रजत जितेकी थिइन।

प्रकाशित मिति: : 2019-12-08 18:00:58

प्रतिकृया दिनुहोस्