वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जलेर १५ वर्षीय किशोरको मृत्यु

तस्बिर: बिएल

सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जलेर एक  किशोरको मृत्यु भएको छ। 

काउचा झुलाकाटिया सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न खोज्दा जगन्नाथ गाउँपलिका १ ढाडाकोटका १५ वर्षीय रति विकको मृत्यु भएको हो। उनको  प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिमा मृत्यु भएको हो।

शनिबार बिहानबाट सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न स्थानीयसँगै उनी पनि गएका थिए। शनिबार साँझ ७ बजे मृत्यु भएको आफन्तले जानकारी दिएको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-08 14:01:15

प्रतिकृया दिनुहोस्