लमजुङको पाउँदीमा बस दुर्घटना, एकजनाको मृत्यु, ७ घाइते

तस्बिर: बिएल

लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा आइतबार बिहान यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्।

बेंसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस बिहान करीब ७ बजेतिर सडकबाट पाउँदी खोलामा खस्दा अन्दाजी ३० वर्षकी एक महिलाको मृत्यु भएको छ।

डीएसपी रबिन्द्रमान गुरुङका अनुसार मृतकको सनाखत हुन सकेको छैन। घाइतेको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धार गरेका थिए।

४ जना घाइतेलाई पुरानो चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ। १ जनाको अवस्था सामान्य छ। बसमा १२ जना यात्रु रहेको हुनसक्ने प्रहरीले बताएको छ। बसमा सवार अन्यको अवस्था सामान्य रहेको छ।

बस सडकबाट करीब डेढसय सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ। केही हराइरहेको हुनसक्ने भन्दै खोजी भइरहेको छ।

प्रकाशित मिति: : 2019-12-08 12:11:16

प्रतिकृया दिनुहोस्