चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु, एक जना घाइते

प्रतिकारत्मक तस्बिर

पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा ५ को मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा पर्बत स्थायी घर भई चितवनकै खैरहनी नगरपालिका ८ बस्दै आएका ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका ९ का ४२ वर्षका विश्वमणी भण्डारी, राप्ती नगरपालिका ९ का २५ वर्षकीया मीना खड्का र ३२ वर्षीया माया तामाङ रहेका छन्। अन्दाजी ४० वर्षीया महिलाको भने परिचय खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएका चितवन खैरहनी ३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ। अटो अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-08 10:16:06

प्रतिकृया दिनुहोस्