मेसीले गरे ३५ औं ह्याट्रिक,तोडियो रोनाल्डोको कीर्तिमान

तस्बिर:एजेन्सी

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले माल्लोर्कामाथि शानदार जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा बार्सिलोना माल्लोर्कालाई ५–२ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लियोनल मेसीले ह्याट्रिक गरे। त्यस्तै लुइस स्वरेज र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए। त्यस्तै माल्लोर्काका लागि एन्टे बुडिमिरले दुवै गोल गरेका थिए।

खेलको ७ औं मिनेटमा नै ग्रीजम्यानले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै १७ औं मिनेटमा कप्तान मेसीले अग्रता दोब्बर बनाए। तर, ३५ औं मिनेटमा बुडिमिरले माल्लोर्काका लागि गोल फर्काउदाँ अग्रता २–१ मा झर्‍यो।

खेलको ४१ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै स्वारेजले गोल गर्दा बार्सिलोनाले खेलमा ४–१ को अग्रता जमायो।

६४ औं मिनेटमा बुडिमिरले माल्लोर्काका लागि दोस्रो व्यक्तिगत गोल गर्दै अग्रता ४–२ का झारे। तर ८३ औं मिनेटमा मेसीले ह्याट्रिक गर्दै माल्लोर्का स्तब्ध भयो।

योसँगै मेसीले ला लिगामा क्रिस्टियानो रोनाल्डोको ३४ ह्याट्रिकलाई उछिन्दै ३५ ह्याट्रिक बनाएर नयाँ किर्तिमान बनाएका छन्।

त्यस्तै यस खेलमा लुइस स्वरेजले ला लिगामा खेलेका सबै २८ प्रतिद्वन्दीविरुद्ध गोल गरेका छन्। स्वरेजले २८ प्रतिद्वन्दीविरुद्ध १३९ गोल गरेका छन्।

जितसँगै बार्सिलोना फेरी शिर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ भने ३४ अंकनै रहेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-08 07:19:08

प्रतिकृया दिनुहोस्