वीरगञ्ज महानगरपालिकाले मेयर कोषबाट आखाँ रोगीको निः शुल्क उपचार गर्ने

बिएल

वीरगञ्ज महानगरपालिकाले मेयर कल्याणकारी कोषबाट एक हजार आखाँ रोगीको निःशुल्कउपचार गर्ने भएको छ। महानगरपालिकाले मोतिविन्दु भएको बृद्धाहरुको उपचार गर्ने भएको हो।

महानगरपालिकाका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसनको सहयोगमा सुगौलीमा शनिबार बिहान आयोजना गरिएको निःशुल्क आखाँ शिविरको उद्घाटन गर्दे नगर प्रमुख विजयकुमार सरावगीले उक्त कुरा बताएका हुन्।

'कतिपय गाँउका बृद्धहरुको दुईवटै आखाँको मोतिविन्दु रोगको अवस्था अन्तिम चरणमा रहेपनि रोगप्रति उदासिन्ता देखिएको छ। आखाँको उपचार सबैभन्दा उत्कृष्ट धर्म हो। त्यसैले मेयर कोषबाट एक हजार रोगीको तत्काल अपरेश गर्नेछौं।' उनले भने।

शिविरमा १७२ जनाले आँखाको परिक्षण गराएकोमा ५० जनालाई मोतिविन्दुको रोग देखिएको छ। उनीहरुको अपरेशन यही मंसिर २६ गते हुनेछ। बाँकि रहेका रोगीहरुको मंसिर २९ गतेदेखि वीरगञ्जस्थित माटृका आई फाउन्डेसनमा काठमाडौंका तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ।

उक्त निशुल्क आखाँ शिविर उद्घाटन कार्यक्रममा राजनीतिक सल्लाहकार मुकेश दुवेदी, समाजवादी युवा संघका केन्द्रिय सह–इन्चार्ज फिरोज मन्सुर,नेपाली कांग्रेसका प्रमचन्द्र दुबे, लगायतका विभिन्न दलका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2019-12-07 21:50:03

प्रतिकृया दिनुहोस्