पतिसँगै सुतेकी जापनिज पर्यटक मृत अवस्थामा फेला

मृतक हिसाको कोरी

माथिल्लो मनाङ क्षेत्रको मनाङ ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँको एक होटलमा पर्यटक मृत अवस्थामा भेटिएका छन्। मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएकी हुन्।

शुक्रबार साँझ पति पत्निसँगै सुतेको र शनिबार बिहान उठाउन खोज्दा पत्नि नउठेपछि पतिले होटल सञ्चालकलाई जानकारी गराएका थिए। होटल सञ्चालकले स्थानीय स्वास्थ्यकर्मीलाई बोलाउँदासम्म ती पर्यटकको मृत्यु भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।

घटनाको जानकारी शनिबार बिहान ८ बजेतिर आएपछि घटनास्थल खटि गएको र शवलाई पोष्टमार्टमको लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत शिक्षण अस्प्ताल काठमाडौं पठाइएको डीएसपी टीकाबहादुर कार्कीले बताए।

प्रकाशित मिति: : 2019-12-07 17:44:18

प्रतिकृया दिनुहोस्