बम्बैले जन्माएको अभिनयको रहर (भिडियोसहित)

विशाल चौधरी

ठ्याक्कै तिथिमिति याद छैन। तर गाउँमा बम्बै जानेहरुको लर्को थियो। त्यो बेला काका र दाइहरु बम्बै जाने रेल, गाडीका खुव गित सुन्थे – गाउँथे। बालापनमै बम्बै जाने रहरले विशाल चौधरीको मनमा हुटहुटी जाग्यो।

आर्थिक अवस्थाले गर्दापनि प्रवासी बन्नुपर्ने रहरसँगै बाध्यता बन्यो। घरबाट बम्बै जान हिडेका विशाल आफन्तसँगै गोरखपुर पुगे। विशाललाई अहिलेपनि स्मरण छ, बम्बै जाने रेलको गति र नयाँ रहरहरु सँगसँगै तिब्र गतिमा कुदेका थिए।

कञ्चनपुरका विशाल पछिल्लो समय प्रायः मुम्बई केन्द्रित बनेका छन्। वषौ पहिले सपनाका पोका बोकेर यहाँ आएका उनी अहिले फुर्सदिला छैनन्। उनी कम्पनीको कामदेखि यात्रुको सेवा मै दौडिरहेका हुन्छन्।

विशालले केही वर्ष कपडा कम्पनीमा मात्रै काम गरे। पछिल्लो समय नेपाल आउनेजाने यात्रुका सारथी समेत बनेका छन्। उनी बिहान र बेलुकी मुम्बईबाट धनगढी छुट्ने बसका यात्रुको सेवामा खटिन्छन्।

विशाल आयोजक बनेर मुम्बईमा धेरै सांस्कृति कार्यक्रमहरु गरेका छन्। ती कार्यक्रममा आउने कलाकारदेखि निमार्तासम्म उनको राम्रो सम्बन्ध बन्यो। ती सम्बन्धहरुले उनलाई रुचिको यात्रामा थप हौसला पाएको अनुभब छ। सबैलाई आफ्नो स्थान प्रिय नै लाग्छ। विशालपनि आफ्नो दैनिकीप्रति सन्तुष्ट देखिन्छन्।

आर्थिक हिसाबले परिपक्क बनेका उनी व्यवसायसँगै अभिनयामा पनि अघि बढ्ने लक्ष्यमा छन्। विशालले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाएपछि चर्चा पनि कमाए। त्यो चर्चाले उनलाई डोटेली फिल्ममा खलपात्रको भूमिकामा देखिने अवसर जुराइदियो।

बच्चपनमा फिल्म हेर्दा कहिलेकाहीँ लाग्थ्यो आफूपनि यसैगरी देखिन्छु। तर, फेरि सोच्थे सपना यस्तो भएपनि यथार्थ फरक छ। अचेल उनलाई त्यो फुच्चे उमेरले लखेटिरहेको छ। विशालले र पहाडी समुदायबीचको प्रेममा आधारित पहारी बठनिया गीतमा अभिनय गरेका छन्। यो अभिनयमा सबैतिरबाट प्रसंसा बटुल्न थालेपछि उनी पछाडी फर्किने सोचमा छैनन्।

म्युजिक भिडियोदेखि फिल्मसम्म देखिने रहरले उनलाई छाडेको छैन्। अरु झन् उत्साहित बनाएको छ। मुम्बई बस्ने युवाहरुलाई गलत बाटोमा नहिड्न उनले सुझाव दिन्छन्।

प्रकाशित मिति: : 2019-12-07 15:14:40

प्रतिकृया दिनुहोस्