माल्दिभ्सविरुद्ध नेपाललाई २–१ गोलको अग्रता

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले अहिले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ गोलको अग्रता लिएको छ।

खेलको १७ औं मिनेटमा नेपालले गोल गोल खाएको थियो। नेपालका डिफेन्डरको गल्तिको मौका उठाउँदै इब्राहिम महुदिन हुसेनले माल्दिभ्सका लागि अग्रता दिलाए।

तर खेलको ४२ औं मिनेटमा नेपालले खेल बरारीमा ल्याएको छ। नेपालका लागि अभिषेक रिजालले खेलको ४२ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।

पहिलो हाफ १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफको ५२ औं मिनेटमा अग्रता लियो। नेपालका लागि अनन्त तामाङले अग्रता दिलाएका हुन्।

प्रकाशित मिति: : 2019-12-07 14:45:00

प्रतिकृया दिनुहोस्