गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साको जिल्ला कार्यसमिति विस्तार

तस्बिर: बिएल

गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

फाउण्डेशनका जिल्ला अध्यक्ष मोहम्मद शहाबुदिनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले १३ सदस्यीय जिल्ला कार्यसमितिमा ३ जना र वीरगञ्ज महानगरको नगर अध्यक्ष चयन गरिएको हो।

फाउण्डेशन जिल्ला कार्यसमितिमा ठाकुरराम बहुमुखि क्यामपसका शिक्षण सहायक सन्तोष सिंह , बाबुनन्द प्रसाद पटेल , मुकेश रौनियार रहेका छन् भने महानगरको नगर संयोजकमा अकाश चौहानलाई चयन गरिएको फाउण्डेशनका जिल्ला कोषाध्यक्ष मनोहर साहले जानकारी दिए।

बैठकमा वीरगञ्ज महानगरसँगै जिल्ला भरी नै फाउण्डेशनको कार्यसमितीको बिस्तार गर्ने साथै आउदो मंसिर २७ गते विहान ८ बजेदेखि वीरगञ्जको घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने फाउण्डेशनले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-12-07 14:34:49

प्रतिकृया दिनुहोस्