नेपाल पहिलो पटक महिला ह्यान्डबलको फाइनलमा

फाइल तस्बिर: बिएल

नेपाल पहिलो पटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२–२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालको जितमा उमा राईले ११ गोल गरिन्। यस्तै कला राईले ४ गोल गर्दा निशा राई र कविता राईले २/२ गोल गरिन्। राम कुमारी चौधरी र रन्जना राई र बन्दना राईले १/१ गोल गरिन् ।

अब नेपालले भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-07 14:03:06

प्रतिकृया दिनुहोस्