सागको सातौं दिनः आज फुटबलसहित १८ खेल हुँदै, कुन खेल कहाँ?

फाइल तस्बिर: बिएल

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागमा शनिबार फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ,आर्चरी, एथ्लेटिक्स, बास्केटबल, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ।

नेपालले डिसेम्बर ६ सम्ममा ४१ स्वर्ण, २७ रजत र ४८ काँस्य गरी ११६ पदक जितिसकेको छ । पहिलो स्थानमा रहेको भारतले ८१ स्वर्ण, ५९ रजत र २५ काँस्यसहित १६५ पदक जितेको छ। यसैगरी श्रीलंका २३ स्वर्ण, ४२ रजत र ६९ कास्य गरी १३४ पदकका साथ तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा रहेको पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ काँस्य गरी ७३ पदक जितेको छ।

यसैगरी पाँचौ स्थानमा रहेको बंगलादशले ४ स्वर्ण, १८ रजत र ५१ कास्य गरी ७३ पदक जितेको छ भने छैटौ स्थानमा रहेको माल्दिभस्ले एक स्वर्ण र २ काँस्य गरी तीन पदक जितेको छ। सबैभन्दा पुछारमा रहेको भुटानले ६ कास्य पदक जितेको छ।

अहिलेसम्म १६९ स्वर्ण, १७१ रजत र २३० कास्य गरी ५७० पदकको निर्णय भैसकेको छ।

क्रिकेट:

पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ। टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ।

महिला क्रिकेटमा नेपालले माल्दिभ्ससंग कास्य पदकको लागि माल्दिभ्ससंग खेल्नेछ। खेल ११ बजे सुरु हुनेछ।

एथ्लेटिक्स:

एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

सुटिङ:

सुटिङतर्फ शनिबार दुई खेल रहेको छ। सागको सातौ दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ। शनिबार र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल रहेको छ।

स्क्वास:

स्क्वासतर्फ शनिबार पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ। महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन्। पुरुषतर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

जुडो:

जुडोको खेलको औपचारिक सुरुवात शनिबार हुँदैछ। तर, प्रतिस्पर्धाहरु भने आइतबारबाट सुरु हुनेछ।

बिच भलिबल:

बिच भलिबलतर्फ शनिबार पनि महिला र पुरुष दुवै तर्फको लिग चरणमा खेलहरु हुनेछ।

फेन्सिङ:
फेन्सिङको खेलहरु शनिबार पनि हुनेछ।

टेनिस:

टेनिसमा शनिबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ। शनिबार सेमिफाइनलको खेलहरु हुनेछ।


कुस्ती:

कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ।

साइक्लिङ:

साइक्लिङ अन्तर्गत शनिबार पनि विभिन्न खेल हुनेछ। साइक्लिङको इलाइट स्पर्धामा शनिबार पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ।

बक्सिङ:

बक्सिङमा शनिबार विभिन्न १४ खेलहरु हुनेछ। जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।

भारोत्तोलन:

भारोत्तोलनमा शनिबार पनि विभिन्न स्पर्धा हुनेछ। भारोत्तोलन पोखरामा रहेको छ।

ह्याण्डबल:

ह्याण्डबलमा शनिबार सेमिफाइनलको खेल हुनेछ। महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन्।

पुरुषतर्फ भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुगेका छन्।

बास्केटबल:

बास्केटबलमा शनिबार पनि लिग चरणको खेल हुनेछ। महिलातर्फ दुई र पुरुषमा एक खेल हुनेछ।

पुरुषमा श्रीलंका र भारतले खेल्दा महिलामा बंगलादेश र भुटान तथा श्रीलंका र भारतले खेल्ने छन्।

यस्तै थ्री बाई थ्री बास्केटबलको पुरुषमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ।

कब्बडी:

कब्बडीमा शनिबार पुरुषतर्फको विभिन्न चार खेल हुनेछ। जसमा नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग खेल्नेछ।

आर्चरी:

आर्चरीमा शनिबार विभिन्न खेलहरु हुने छ। शनिबार टिमतर्फ सेमिफाइनलका खेलहरु र एकलतर्फ भने क्वाटरफाइनलका खेलहरु हुनेछ।

स्क्वास:

स्क्वासतर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ। महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् भने पुरुष तर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

फुटबल:

पुरुष फुटबलमा शनिबार दुई खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ।

यस्तै अर्को खेलमा श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ। खेल साँझ ५:३० बजे पछि हुनेछ।

महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ। पोखरा रंगशालामा हुने खेल दिउसो ४ बजे हुनेछ।

प्रकाशित मिति: : 2019-12-07 07:27:55

प्रतिकृया दिनुहोस्