भारोत्तोलनमा विकासलाई स्वर्ण

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले थप एक स्वर्ण जितेको छ।

नेपालका लागि पुरुष ८९ केजी तौल समूहमा विकास थापाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन्। विकासले स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४६ गरी कुल २ सय ६९ केजी भार उठाए।

यस स्पर्धामा बंगलादेशका मोहमदश खायत हुसेनले रजत जिते। उनले स्न्याचमा १ सय २३ र क्लिन एन्ड जर्कमा १ सय ४५ गरि कुल २ सय ६८ केजी भार उठाए।

प्रकाशित मिति: : 2019-12-06 17:40:00

प्रतिकृया दिनुहोस्