पौडीमा गौरिकालाई दोस्रो स्वर्ण

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन्।

गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन्। योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन्।

बिहीबार गौरिकाले महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन्।

यस स्पर्धामा भारतकी मनु राजिब पटेलले रजत जितिन्। श्रीलंकाकी गंगासेनले कास्य जितिन्।

प्रकाशित मिति: : 2019-12-06 17:35:54

प्रतिकृया दिनुहोस्