टेष्ट राष्ट्र श्रीलंकासँगको लज्जास्पद हारसँगै नेपाल लिग चरणबाटै आउट

फाइल तस्बिर: बिएल

१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल लिग चरणबाट बाहिरिएको छ। लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग ४१ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

 श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्छाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो।

नेपालका कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन्। यस्तै कबिता कुवरले अविजित १३,करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ रन बनाइन्।

श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन्।

यसअघि पोखरा रंगशालमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १८ रन बनायो।

श्रीलंकाका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रन बनाइन्। यस्तै जानदी आनलीले ३५ रन बनाउदाँ सत्या सन्दीपनीले २२ बनाइन्।

यता कप्तान हर्षिता माधबीले भने १६ को योगदान दिइन्।

नेपालको लागि सोनु खड्का र सरस्वती कुमारी चौधरीले समान २ विकेट लिइन्। यस्तै अञ्जली चन्दले १ विकेट लिइन्।

जितसँगै श्रीलंका र बंगलादेश फाइनल प्रवेश गरेका छन्।

प्रकाशित मिति: : 2019-12-06 13:58:03

प्रतिकृया दिनुहोस्