भारोत्तोलनमा कमलबहादुर कास्यमा सीमित

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारी कास्य पदक जितेका छन्।

६७ केजी समूहमा प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका हुन्। उनले स्न्याच र क्लिन एण्ड जर्क गरी कुल २५२ केजी भार उठाए।

पाकिस्तानका तल्हा ताबिलले स्वर्ण र श्रीलंकाका जेएससी ल्याकमलले रजत पदक जितेका छन्।

प्रकाशित मिति: : 2019-12-06 13:48:35

प्रतिकृया दिनुहोस्