१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका दुई खेलाडीले स्वर्ण र कास्य जितेका छन्।
गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा सुभाष तामाङले स्वर्ण पदक जितेका हुन्।
बंगलादेशका महोम्मद फरादले रजत जिते। यता नेपालका शुक्रबाहदुर राईले कास्य जिते।