टेबलटेनिसको पुरुष सिंगल्समा नेपाललाई ऐतिहासिक कास्य

फाइल तस्बिर

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालले ऐतिहासिक कास्य हात पारेको छ।

लैनचौरस्थित टेबलटेनिस हलमा शुक्रबार भएको सेमिफाइनलमा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्य पराजित भएपछि कास्य पाएका हुन्।

सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनिसँग ४–० ले पराजित भए। स्यान्टुलाई अमलराजले ११–४,१२–१०,११–८ र ११–२ ले हराए।

अर्को सेमिफाइनलमा पुरुषोत्तम बज्राचार्य भारतका हर्मित देशाईसँग ४–० ले नै पराजित भए । पुरुषोत्तम ११–५,११–४,११–१ र ११–४ मा पराजित भए।

प्रकाशित मिति: : 2019-12-06 11:35:13

प्रतिकृया दिनुहोस्