करातेतर्फ दुई स्वर्ण विजेता श्रेष्ठ नगदसहित सम्मानित

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा दुई स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन्।

शुक्रबार समाजसेवी तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष, नेपाल युथ ग्रुपका अध्यक्ष तथा थ्री स्टार क्लबका म्यानेजर राम श्रेष्ठले मण्डेलाई ५० हजार नगदले सम्मानित गरेका हुन्।

मण्डेले १३औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले कातामा स्वर्ण जितेका थिए। यस्तै मण्डेले टिम कातामा समेत स्वर्ण जितेका थिए।

प्रकाशित मिति: : 2019-12-06 11:16:56

प्रतिकृया दिनुहोस्